जसपा नेपालको नेतृत्व सहमतिमै टुङ्ग्याइने « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जसपा नेपालको नेतृत्व सहमतिमै टुङ्ग्याइने


३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ। जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गरेका हुन् । उनले चुनावमा गए सक्षम, समावेशी र क्रियाशील टिम नबन्ने भन्दै अब के गर्ने प्रश्न गरेका थिए । अध्यक्षले प्रश्न गर्दा सबैले ‘चुनाव गराउनुपर्छ’ भन्दै उठेका थिए ।

त्यसपछि अध्यक्ष यादवले सहमति गर्नुको विकल्प नरहेको बताए । उनले अब सहमतिमै टिम बनाउनुपर्छ भन्दै त्यसका लागि अनुमति मागे । प्रतिनिधिहरू ताली पिटेर अनुमति दिएपछि अध्यक्ष यादवले धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । एक नेताका अनुसार अब उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यवस्थापन गर्न सकिने भएको छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस