३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम सरकारमा एमाले सहभागी हुने, सरकार बिस्तारको तयारी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज सरकार बिस्तारको तयारी गरिएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तयारी गरेका छन् । एमालेले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाइएको छ ।

एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन ।

एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट ‘सरल’ र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी माओवादीका एक सांसदले जानकारी दिए ।

माओवादीबाट रमेश धामी, ‘सरल’ र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन् ।

आजै माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुङ्गो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल गरिएको थियो ।

स्वतन्त्र सांसद डा. तारा जोशीलाई सरकारमा ल्याउने तयारी गरिएको छ ।

एमालेले सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला माओवादीले पनि नाम टुङ्गो लगाउने सके आजै सरकार बिस्तार हुने बताइएको छ । स्वतन्त्र सांसद जोशीले मन्त्रालय फुटाएर आफू मन्त्री नबन्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस