काठमाडौँ। बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केदास्यूका २९ वर्षीय नरेन्द्र सिंह धामी रहेका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल जानकारी दिए ।
चैनपुर नजिकै भोपुरमा विपद् उद्धार अभ्यासका क्रममा उनको मृत्यु भएको प्रजिअ कुइकेलले बताए ।