काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको सीआईबीले जनाएको छ ।