२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चका न्यायाधीश भ्रष्ट, दुर्गा प्रसाईँ झापाको अराजक व्यापारी : डा. गोविन्द केसी

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको लागि भन्दै करिब दुई दर्जन अनसन बसिसकेका र पछिल्लो समय राजनीतिक एजेन्डा समेत बोक्न थालेका डा. गोविन्द केसीले सर्वोच्च अदालतविरुद्ध विषवमन गरेका छन् ।

उनले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्ध दिन आदेश गर्ने न्यायाधीशलाई पार्टीका बफादार भ्रष्ट भनेका छन् ।

सर्वोच्च अदालतले झापाको बि एण्ड सी मेडिकल कलेजले सबै मापदण्ड पूरा गरेको भन्दै १५ दिनभित्र सम्बन्ध दिन सरकारको नाममा आदेश जारी गरेपछि केसीले अदालतको फैसलालाई जनघाती भनेका हुन् । उनले न्यायाधीशहरूलाई भ्रष्ट र पार्टीका बफादारको आरोप समेत लगाएका छन् ।

पछिल्लो पटकको अनसनमा कसैले वास्ता नगरेपछि आफैँ तोडेका केसीले सर्वोच्चको फैसला तुरुन्त नसच्याए फेरि सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

उनले चिकित्सा शिक्षा ऐन ध्वस्त बनाउने सुनियोजित प्रयास भइरहेको भन्दै त्यसमा न्यायाधीशहरूमाथि समेत टेबलमुनिबाट स्रोत लिएको आरोप लगाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाको झापाको एक अराजक व्यापारी भन्दै डा. केसीले विधि र मापदण्ड नपुगेको मेडिकल कलेजलाई सम्बन्धी दिनु भनी भएको फैसलाको पुनरावलोकनको प्रक्रिया तत्काल अघि बढाउन र फैसला सच्याउन माग गरेका छन् ।

उनले भनेका छन्, ‘पार्टी वफादार भ्रष्ट न्यायाधीशहरूको सहयोगमा माफियाहरूको स्वार्थ पूरा हुने फैसला तथा निर्णयहरू गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । त्यस मध्ये झापाको एक अराजक व्यापारीको मेडिकल कलेजको लागि मापदण्ड र प्रक्रिया दुवै नपुगेको अस्पतालको पक्षमा संक्षिप्त आदेश सम्म जारी नगरिएको सर्वोच्च अदालतको फैसला, मापदण्ड नपुर्‍याई सञ्चालनमा ल्याइएका विभिन्न कार्यकर्ता मियाहरूको नर्सिङ लगायत अन्य शिक्षालयहरूको पक्षमा निर्णय लगायत चिकित्सा शिक्षा आयोगको उपदायतामा ठेस पुग्ने धेरै निर्णय भए।’

प्रतिक्रिया दिनुहोस