काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली काँग्रेसलाई जस्तो पार्टीको केन्द्रीय समितिमा दायाँ र बायाँ दाग लागेका मान्छेलाई राखेर बैठक गर्नुपर्ने बाध्यता एमालेलाई नभएको जवाफ दिएका छन् ।
काँग्रेस र गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जोडेपछि एमाले नेताले आक्रोश पोखेका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘गिरीबन्धुको विषयमा यही सदनबाट हामी सबैले मिलेर कानून बनाएका हौँ । त्यसमा काँग्रेसको पनि केही संशोधन प्रस्ताव थिएन । अहिले कार्यान्वयनको विषयमा अदालतले केही प्रश्न उठाएको छ । त्यसको हामी सम्मान गर्छौँ, तर अहिले गिरीबन्धुको विषय उठाएर हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि जसरी नियोजित ढङ्गले हस्तक्षेप गर्ने, प्रचार गर्ने, आरोप लगाउने जुन खालका षडयन्त्रहरू भएका छन् ।’