२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षमा माग्दै सचिव बुर्लाकोटीले भने-‘स्वास्थ्यका कर्मचारी ऋण खोजेर घर चलाउन बाध्य छन्’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सचिवबाट केही दिनअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका सचिव मधुसूदन बुर्लाकोटीले स्वास्थ्यका कर्मचारीहरूसँग क्षमा मागेका छन् ।

‘मैले तलब समयमा उपलब्ध गराउने कार्यमा आफ्नो भूमिका निभाउन नसकेकोमा क्षमाप्रार्थी छु,’ उनले भने, ‘तर अर्को वर्षको लागि कोही जान्ने भएर रकमान्तर गरेर अन्त शीर्षकमा लगेर जथाभाबी वितरण गरेनन् भने तलब भत्ताको रकम सुनिश्चित भएको छ ।’

वीर अस्पताललगायत धेरै निकायमा कार्यरत ठूलो संख्यामा चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मीले मासिक रूपमा तलब भत्ता पाउन नसकेको उल्लेख गर्दै उनले तलब भत्ताका लागि हारगुहार गर्दै हिँड्नु परेको बताए । ‘उधारोमा काम गरेर सही सेवा प्रदान गरिन्छ भनेर सोच्नु आफैमा मूर्खता हुन्छ,’ उनले भनेका छन्, ‘कतिपय कर्मचारी तलब नपाए पश्चात् ऋण खोजेर घर चलाउन बाध्य छन् ।

बुर्लाकोटीलाई तीन महिना पुरा गर्न नपाउँदै सरुवा गरिएको थियो । गत फागुन २६ मा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँ अनिवार्य अवकाश (उमेर हदका कारण)मा गएपछि बुर्लाकोटी स्वास्थ्य मन्त्रालय आएका थिए । 

सचिव बुर्लाकोटीले फेसबुकमा लेखेका छन्:
गर्न नसकेको काम र क्षमायाचना ।
म २०८०/१२/२२ मा स्वास्थ्य मन्त्रालयमा बहाली भएको केही समयमै एक जना माननीयज्यूबाट मोबाइलमा कल आयो ।

माननीयज्यूले स्थानीय तहमा कार्यरत कर्मचारीले १४ महिनादेखि तलब सुविधा खान नपाएको र तत्काल तलब भत्ता उपलब्ध गराइदिन पहल गर्नु भयो । स्थायी कर्मचारीले १४ महिनाबाट तलब भत्ता नपाएको सुन्दा आश्चर्य चकित भएँ । मैले आर्थिक प्रशासन र योजना शाखाका मित्रहरूसँग छलफल गरेँ । माननीयज्यूको गुनासो सही भएकोमा कुनै शंका रहेन ।

यस्तो हुनुमा गत वर्ष अनिवार्य दायित्वको तलब शीर्षकमा आवश्यक बजेट विनियोजन नभएको, दरबन्दीभन्दा बढी पदका कामकाज गर्न खटाइएको जस्ता कारणहरू रहेको पत्ता लाग्यो । अर्थ मन्त्रालयमा थप तलब भत्ता निकासा माग गर्दा यकिन विवरण दिन नसकिएको भन्ने जानकारी प्राप्त भयो । आजका दिनसम्म पनि वीर अस्पताल लगायत धेरै निकायमा कार्यरत ठूलो संख्यामा चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मीले मासिक रूपमा तलब भत्ता पाउन नसकेको र तलब भत्ताका लागि हारगुहार गर्दै हिँड्नु परेको अवस्था छ ।

उधारोमा काम गरेर सही सेवा प्रदान गरिन्छ भनेर सोच्नु आफैमा मूर्खता हुन्छ । कतिपय कर्मचारी तलब नपाए पश्चात् ऋण खोजेर घर चलाउन बाध्य छन् ।

यस वर्षको तलबको लागि खै के खै के को अवस्था छ । तर, आगामी वर्षको लागि अनिवार्य दायित्वको शीर्षकमा रकम छुटाउनु हुने योजना शाखासँग सम्बन्धित सबै कर्मचारीहरू प्रति हार्दिक आभार गर्दछु । आफ्ना अभिभावकत्वमा रहेकाले तलब सुविधा पाउन नसक्दा जिम्मेवारी बोक्न बहन गर्न हिचकिचाउने तर मौका मिल्दा अर्को मित्रको काममा लम्किने हा.वा. (हाकिम बाहिर) लेखेर सरुवामा रमाउने प्रवृत्तिले गर्दा पनि सबै कर्मचारीले समयमा तलब पाउन नसकेको हो । मैले तलब समयमा उपलब्ध गराउने कार्यमा आफ्नो भूमिका निभाउन नसकेकोमा क्षमाप्रार्थी छु । तर, अर्को वर्षको लागि कोही जान्ने भएर रकमान्तर गरेर अन्त शीर्षकमा लगेर जथाभाबी वितरण गरेनन् भने तलब भत्ताको रकम सुनिश्चित भएको छ ।

जय होस सबैको ।

भलाई होस सबैको ।

समयमा तलब पाउन सबैले ।

समयमै उपचार पाउन सबैले ।

सम्बन्धित समाचार : महिना दिनमै सचिवको सरुवा, अस्थिर बनाइँदै प्रशासन

प्रतिक्रिया दिनुहोस