१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिर्तामोडमा गहना लुट्न वृद्धाको हत्यामा संलग्न ५ जना सार्वजनिक

अ+ अ-

काठमाडौँ । झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या लुटपाटका लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । वैशाख २६ गते बिर्तामोड नगरपालिका-४ शिवनगरमा बिहान साढे ७ बजे आफ्नै घरमा बसिरहेकी विष्टको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।

पक्राउ पर्नेमा शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा-६ का ४३ वर्षीय धनबहादुर कामी छन् । गङ्गा हत्या र चोरीमा संलग्न मुख्य व्यक्ति रहेको सीआईबीको भनाइ छ ।

महेशले चोर्न जान सहयोग गरेको, वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेको प्रहरीको दाबी छ।

सुनको हातमा लगाउने बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस