२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक पूर्वाधारमा डेढ खर्ब बजेट विनियोजन

अ+ अ-

काठमाडौँ । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न २९ अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै काँकडभिट्टा-लौकही, कमला-ढल्केवर-पथलैया, नारायणगढ, बुटवल र गोरुसिंगे, र भालुवाङ लमही सडक स्तरोन्नति आगामी आवमा सुरु गर्ने बताए ।

यस्तै पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल तथा कमला-कञ्चनपुर सडकखण्ड चार लेनमा विस्तार आगामी आवमा सम्पन्न गर्ने उनले बताए ।

काठमाडौँ-तराई मधेश फास्ट ट्र्याकको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ आगामी वर्ष सम्पन्न गर्ने उनले बताए । सकराले आगामी आवमा फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै मध्यपहाडी लोकमार्गमा ७५ किलोमिटर सडक कालेपत्रे र १० वटा पुल आगामी वर्ष सम्पन्न गर्न उक्त आयोजनाका लागि ३ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ ।

हुलाकी सडकमा ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न ३ अर्ब ३० करोड बजेट विनियोजन भएको छ ।

कोशी, कालिगण्डकी, कर्णाली करिडोर निर्माणमा तीव्रता दिँदै कालिगण्डकी करिडोरको ५० किलोमिटर र कोशी करिडोरको ३० किलोमिटर सडक कालोपत्रे आगामी आवमा हुने उनले बताए ।

कर्णाली करिडोरका ५ वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गर्ने र उत्तर दक्षिण करिडोरका लागि ४ अर्ब ३० करोड, मदन भण्डारी राजमार्गको बाँकी काम अगाडि बढाउने ३ अर्ब ६० करोड बजेट विनियोजन भएको छ ।

यस्तै नागढुंगा-नौबिसे-मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गर्ने उनले बताए । मुग्लिङ-आँबखैरेनी सडक विस्तार सुरु गर्ने र आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति सम्पन्न गर्ने उनले बताए ।

त्यसैगरी भेरी, तमोर, महाकाली करिडोर सेती लोकमार्ग र सालझण्डी-सन्धीखर्क-ढोरपाटन सडक स्तरोन्नति गर्ने र करिडोरतर्फ ३ अर्ब ८६ करोड विनियोजन भएको उनले बताए । गल्छी-स्याफ्रुबेंसी सडक स्तरोन्नति आगामी वर्ष सकिने र स्याफ्रुबेंसी-रसुवागढी सडक स्तरोन्नति सुरु गर्ने र यसमा १ अर्ब ८० करोड बजेट विनियोजन भएको छ ।

पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना बेनीघाटसमम्म पडवे प्रणालीको सम्भाव्यता अध्ययन लगानी ढाँचा तयार गरी निर्माण अगाडि बढाइने उनले बताए ।

राष्ट्रिय राजमार्ग रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण सम्पन्न हुने उनले बताए । आगामी आव सिस्नेखोला-नागढुंगा सडक निर्माण सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने उनले बताए ।

उनले कोटेश्वर इन्टरसेक्सन निर्माण सुरु गर्ने बताए । सरकारले सुरुङ फ्लाइओभर र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ ।

सरकारले चालु आव भौतिक पूर्वाधार तथा यातायातमा बजेट १ खर्ब ३१ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस