मुख्यमन्त्री सोडारीद्वारा गणतन्त्रलाई संस्थागत गर्न आग्रह « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुख्यमन्त्री सोडारीद्वारा गणतन्त्रलाई संस्थागत गर्न आग्रह


१५ जेष्ठ २०८१, मंगलबार


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताएका छन् । 

 सत्रौँ गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे । 

‘गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री सोडारीले भने । 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव डा.हरि लम्सालले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भएको व्यवस्थामा मात्र नागरिक स्वतन्त्र भएर बाँच्न पाउने बताए । सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो । 

यसअघि धनगढीको सहिदगेटबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग हुँदै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा पुगेर मूल समारोहमा परिणत भएको थियो । यही जेठ १६ गतेसम्म विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै छ ।

यसैबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सत्रौँ गणतन्त्र दिवसले प्रदेशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस