मुख्यमन्त्री यादवको आरोप : ‘प्रचण्ड’ र ओली संघीयताविरोधी हुन् « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुख्यमन्त्री यादवको आरोप : ‘प्रचण्ड’ र ओली संघीयताविरोधी हुन्


१४ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली संघीयताविरोधी भएको आरोप लगाएका छन् ।

मधेश सरकार अल्पमतमा रहेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न ध्यानाकर्षण गराउन आएका नेकपा एमाले, जनमत, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग उनले ‘प्रचण्ड’ र ओली संघीयताविरोधी भएको टिप्पणी गरेका हुन् ।

‘पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौँ । उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ । तर ‘प्रचण्ड’लाई मैले अहिले कसरी हेरेँ भने ‘प्रचण्ड’ संघीयता चाहने व्यक्ति पहिला थिए, तर अहिले संघीयताको घोर विरोधी हो । ‘प्रचण्ड’ले संघीयता चाहेकै छैनन्’, उनले भने ।

अहिलेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशमा चुनाव नै नलडेका कारण ऊ पनि संघीयताविरोधी भएको मुख्यमन्त्री यादवले बताए ।

उनले भने, ‘यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ?’

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेश प्रदेशमा पटक पटक दलहरूले विश्वासको मत फिर्ता लिने गरेको र संघीय सरकारले कर्मचारीको सरुवा गरेको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस