ओलीविरुद्ध लगाएको लाञ्छनाप्रति काँग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ओलीविरुद्ध लगाएको लाञ्छनाप्रति काँग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी


१४ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली काँग्रेसले एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताएका छन्।

बालुवाटारमा काँग्रेससँगको छलफलपछि उनले काँग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताए।

उनले भने, ‘नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। काँग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’

काँग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए।

पछिल्लो समय काँग्रेस नेताहरुले सत्ता साझेदार सबैभन्दा ठूलो दल एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर प्रहार तीव्र बनाएका छन् ।

आइतबार विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरिबन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस