काठमाडौँ । सत्तारुढ दलहरू सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा जुटेको छ ।
नेपाली काँग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत छन् ।
यसअघि बालुवाटारमै काँग्रेसका नेताहरूसहित शीर्ष नेताहरूको बैठक बसेको थियो । जहाँ काँग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार थिए ।
काँग्रेस नेताहरू बाहिरिएपछि सत्तारुढ दलका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।