सुदूरपश्चिममा काँग्रेसले गर्‍यो प्रदेश सभा बहिष्कार « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

सुदूरपश्चिममा काँग्रेसले गर्‍यो प्रदेश सभा बहिष्कार


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको हो ।

काँग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए ।

उभिएर विरोध जनाएपछि सभामुखले दिएको समयमा बोल्दै काँग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताए ।

उनले गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको आरोप लगाए ।

काँग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरे पनि राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस