काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने तयारी भएको छ । प्रतिनिधि सभाले दफावार छलफलका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाउने तयारी गरेको हो ।
प्रतिनिधि सभाको सम्भावित कार्य सूचीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आज उक्त विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । संघीय निजामती सेवा विधेयकमाथि संशोधन परेका छन् भने स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूले असन्तुष्टि समेत जनाएका छन् ।