२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको भिसाका लागि सरकारले नै अमेरिकासँग पहल गर्नुपर्छ : क्यान अध्यक्ष चन्द

अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसा अमेरिकाले अस्वीकार गरेको विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले सरकारका जिम्मेवार व्यक्तिहरूलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री र खेलकुद मन्त्रीलाई आफूहरूले सूचना दिइसकेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

अमेरिकी दूतावासले आज सन्दीपलाई अन्तर्वार्तामा बोलाएर भिसा दिन अस्वीकार गरेको थियो । दूतावासको निर्णयबाट क्यान पदाधिकारीहरू आश्चर्यमा परेका छन् । कैयौँ देशमा लिग खेलिसकेको र अमेरिकामा पनि खेलेर फर्किएको अन्तर्राष्ट्रिय खेलाडीलाई भिसा नदिइनुलाई उनीहरूले स्वाभाविक रूपमा लिएका छैनन् ।

क्यान अध्यक्ष चन्दले के कारणले भिसा नदिइएको हो भन्ने जानकारी नरहेको बताए । अब यस विषयमा सरकारीस्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।

‘हामीले सरकारका सबै जिम्मेवार व्यक्तिहरूमा कुरा पुर्‍याएका छौँ । उहाँहरूले आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ’, चन्दले भने ।

सरकारले पहल नगर्दासम्म क्यानले केही गर्न नसक्ने चन्द बताउँछन् । ‘हामीले गर्ने भनेको आवश्यक डकुमेन्ट उपलब्ध गराउने हो । त्यो गराइसकेका छौँ । अब परराष्ट्र मन्त्रालयमार्फत बलियो पहल आवश्यक छ’, उनले भने ।

नेपाली क्रिकेट समर्थकहरूको भावनालाई समेत मध्यनजर राखेर दूतावासले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस