२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल अधिकार परिषद्का सदस्यसचिव ढकालमाथि छानबिन गर्न मन्त्रालयले बनायो समिति

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिवमाथि छानबिन गर्न समिति बनाएको छ । मन्त्रालयले प्रशासन महाशाखा प्रमुख पुष्कर न्यौपानेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालविरुद्ध मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समिति गठन गरेकी हुन् । मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिषद्का सदस्य सचिव उपर परेको उजुरी सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्ने सन्दर्भमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको मन्त्रीस्तरीय निर्णयमा उल्लेख छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी ऐन र नियमावलीमा व्यवस्था गरिएको मापदण्डहरू पुरा नगरेका बालगृहलाई अनुमति प्रदान गरेको भन्दै उजुरी परेको थियो ।

सम्बन्धित समाचार : बालगृहका नाममा कमिसनको चक्कर, मापदण्ड नपुगेकालाई अनुमति दिएको भन्दै उजुरी

यसअघि परिषद्का सदस्य सचिवको अधिकार कटौती भएको थियो । परिषद्को बैठकले परिषद्का पदाधिकारीको जिम्मेवारी हेरफेर गर्दै सदस्य सचिवको अधिकार कटौती गरेको हो । बैठकले समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : बाल अधिकार परिषद्का सदस्य सचिवको अधिकार कटौती, संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

प्रतिक्रिया दिनुहोस