जलवायु परिवर्तनको असर खेपिरहेको नेपाललाई न्याय दिलाउन प्रधानमन्त्रीको आह्वान « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जलवायु परिवर्तनको असर खेपिरहेको नेपाललाई न्याय दिलाउन प्रधानमन्त्रीको आह्वान


९ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको नकारात्मक असरमा न्याय पाउनुपर्ने बताएका छन् । पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गर्नुपर्ने पनि प्रधानमन्त्री दाहालले चर्चा गरे ।

बुधबार काठमाडौंको चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय देशहरूका नागरिकमा देखा परेको भयावह असरको सम्बोधन हुनुपर्ने भनेर सहभागीको ध्यानाकर्षण गराए ।

“हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका जनता र पर्वतीय पारिस्थितिक प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,” प्रधानमन्त्रीले भने, “जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।”

स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यक भएको उल्लेख गर्दै दाहालले समान र पारदर्शी तरिकाले हानी र क्षतिको कोषको पूर्ण सञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्ने बताए ।

“ पहाडमामा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्ग, जनजाति र स्थानीय समुदायलाई जलवायु कार्यको प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ” प्रधानमन्त्रीले सम्मेलनमा बताए ।

पेरिस सम्झौताप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सन् २०४५ सम्ममा हरित गृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता पूरा गर्ने अठोट गरे ।

“स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत सम्भावनाको पूर्ण उपयोग गर्नेछौँ । पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दै छौँ,” दाहालले भने ।

दाहालले पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकीय प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षणका साथै जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन सबैलाई एक हुन आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकीय प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔँ । पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गरौँ ।’

उक्त संवादले पर्वतीय देशहरूका सरकारहरू र सरोकारवाला निकायहरूलाई पर्वतीय–जलवायु चिन्ता र समाधानहरूलाई राम्रोसँग बुझ्न, विशेषज्ञता र अनुभवहरू साझेदारी गर्ने विश्वास दाहालको छ ।

वन तथा वातावरण मन्त्रालयको आयोजना गरेको ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा २५ देशका ५० भन्दा बढी विषयगत विज्ञहरूको सहभागिता रहनुका साथै २०० प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाउने मन्त्रालयले जनाएको छ । दुई दिन सम्म काठमाडौंमा चल्ने संवादको निष्कर्षलाई एसबिएएसटिएका अध्यक्ष भिरुयल्सलाई हस्तान्तरण गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस