काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बिहान १० बजेका लागि बोलाएका हुन् ।
राप्रपा, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे छलफल गर्न बैठक बोलाएको हुन् ।