प्रतिनिधि सभा बैठक आज पनि बस्दै  « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

प्रतिनिधि सभा बैठक आज पनि बस्दै 


४ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

हिजो(बिहीबार)को बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

सहकारीको बचत हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै काँग्रेसले संसदमा अवरोध गर्दै आएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस