सफाइ पाएपछि सन्दीप लामिछानेले भने-अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

सफाइ पाएपछि सन्दीप लामिछानेले भने-अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु


२ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले न्यायमूर्तिप्रति आभारी रहेको बताएका छन् । फैसलापछि राहतको लामो सास फेरेका लामिछानेले अदालतले न्याय दिएको बताएका हुन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ । फैसलापछि सन्दीपले अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गर्दै सन्दीपले ढिलै भए पनि आफूले न्याय पाएको प्रतिक्रिया दिए ।

‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरूप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस