ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा र उपचारको व्यवस्था गरिने « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा र उपचारको व्यवस्था गरिने


१ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिएका हुन् ।

ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा लिनका लागि कठिनाइ भएको अवस्थालाई ख्याल गर्दै सरकारले यस्तो नीति ल्याएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस