कर्मचारीको सेवासुविधा आकर्षक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने « प्रशासन
Logo २६ जेष्ठ २०८१, शनिबार
   

कर्मचारीको सेवासुविधा आकर्षक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने


१ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाइ राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाउने घोषणा गरेको छ ।

मंगलगलबार संयीघ संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर २०० मा सो कुरा उल्लेख गरिएको छ ।

कर्मचारीलाई तालिम प्रदान गर्ने समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुनर्संरचना र एकीकरण गरी तालिमको प्रभावकारिता बढाउने नीति तथा कार्यक्रममा समेटिएको छ । कर्मचारीसँग गरिने कार्यसम्पादन सम्झौतालाई वस्तुनिष्ठ र मापनयोग्य बनाइने सरकारको नीति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस