काठमाडौँ। नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिएका छन् ।
यद्यपि यो बारेमा औपचारिक निर्णय गर्न बाँकी छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि ३ जेठको बिहान सवा १० बजे सुदूरपश्चिम प्रदेश सभा बैठक बोलाइएको छ ।