नेपाल टेलिकमलाई मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति प्रदान  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल टेलिकमलाई मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति प्रदान 


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर शुक्रबार तिरेको छ ।

प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ । योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल वाको लाइसेन्स पुनः प्राप्त गरेको हो ।

नेपाल टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस