संसद्‌मा उठ्यो राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

संसद्‌मा उठ्यो राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिमाथि प्रश्न उठेको छ ।

शुक्रबार बसेको बैठकमा नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘नेपालको नोटमा नेपालको नक्सा छाप्दा टाउको दुखाइ किन ?’

यस्तो विषयमा राष्ट्रपतिका सल्लाहकारले नकारात्मक अभिव्यक्ति दिनु गम्भीर विषय भएको उनले बताए ।

‘राष्ट्रपतिका विज्ञ सदस्यज्यूले नोटमा नयाँ नक्सा राख्दा अर्को देशलाई चिढ्याउने कुरा भयो भनेर प्रतिक्रिया दिनुभयो भन्ने सुनेँ’ सांसद दाहालले थपे, ‘हाम्रो देशको नोटमा हाम्रो देशको नक्सा छाप्दा अर्को देश चिढिनुपर्ने कारण के थियो ? उहाँले कुन आशयबाट त्यो भन्नुभएको हो ?’

सांसद दाहालले राष्ट्रपतिलाई नै कस्तो विज्ञ सदस्य राखेको भनेर प्रश्न गरे । ‘म राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कस्ता विज्ञ सदस्य राष्ट्रपतिले राख्नुभएको हो,’ सांसद दाहालले भने ।

वैशाख २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस