एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे राष्ट्रपतिसँग ओलीले मागे जवाफ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे राष्ट्रपतिसँग ओलीले मागे जवाफ


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।

राष्ट्रपतिका सल्लाहकार डा. चिरञ्जीवी नेपालले नोटमा नक्सा छाप्ने निर्णयबारे विभिन्न सञ्चार माध्यममा दिएको प्रतिक्रियाप्रति संकेत गर्दै अध्यक्ष ओलीले पार्टीको संसदीय दलको बैठकमै यसबारे प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

‘नेपालले नोटमा नेपालको नक्सा छाप्छुभन्दा अर्को देश कराएको सुनियो । किन अर्को देश कराएको ? किन करायो होला भन्दै गर्दा त राष्ट्रपतिका विज्ञ सल्लाहकार उत्तेजित भएका रहेछन् । कसका मान्छे र कस्ता मान्छे त्यहाँ जागिर खाएर बसेका छन् ? अध्यक्ष ओलीले भने, ‘नेपालले नेपालको नक्सा छाप्दा अर्को देश रिसाउँछ भन्ने मान्छे राष्ट्रपतिको सल्लाहकार हुन मिल्छ ? सल्लाहकारको यो भनाइ राष्ट्रपतिको हो कि होइन हामी उहाँलाई सोध्न चाहन्छौँ ।’

अध्यक्ष ओलीले नेपालको राष्ट्रहितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको ओलीले आरोप लगाए । 

Tags :
प्रतिक्रिया दिनुहोस