सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । इलाम–२ मा भएको उपनिर्वाचनबाट निर्वाचित एमाले सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित भएका छन् । वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङ आज बसेको दलको बैठकमा पहिलो पटक उपस्थित भएका हुन् ।

समसामयिक राजनीतिक विषयबारे सांसदहरूलाई मार्गनिर्देश गर्न संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस