कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ ।

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजेका लागि आह्वान भएको छ ।

शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । सभामुख घिमिरेले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन् ।

अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गर्दछन् । शीर्ष नेताहरुले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस