नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । श्रीलङ्काले आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।

गत वर्ष डिसेम्बरमा श्रीलङ्काको टी-२० कप्तानमा नियुक्त भएका अलराउन्डर वानिन्दु हसरंगाले वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप २०२४ मा टोलीको नेतृत्व गर्नेछन्। मध्यक्रमका ब्याट्सम्यान चरिथ असाल‌ंकालाई उपकप्तानमा नियुक्त गरिएको छ। 

अनुभवी एन्जेलो म्याथ्युजको पनि टोलीमा छन्। म्याथ्युजको यो छैटौँ टी-२० विश्वकपको उपस्थिति हुनेछ। सन् २०१४ मा च्याम्पियन बन्दा पनि उनी श्रीलंकन टोलीमा थिए। 

श्रीलङ्का नेपाल रहेको समूह ‘डी’ मा छ। समूहमा नेपाल र श्रीलंकासहित दक्षिण अफ्रिका, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपाल र श्रीलंकाबीचको खेल जुन ११ मा अमेरिकाको फ्लोरिडामा हुनेछ।

श्रीलङ्काको टोलीमा वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका (उपकप्तान), कुसल मेन्डिस, पाथुम निसान्का, कामिन्दु मेन्डिस, सदीरा समराविक्रमा, एन्जेलो म्याथ्युज, डसुन शनाका, धनन्जय डे सिल्भा, महीश तिक्षणा, दुनिथ वेलालगे, दुस्मनथा चमीरा, नुवान तुशारा, मथिसा पाथिराना र दिलशान मदुशंका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस