बजेट माग्न मन्त्रालय नआउन मुख्यमन्त्री महराको आग्रह « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बजेट माग्न मन्त्रालय नआउन मुख्यमन्त्री महराको आग्रह


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बजेट माग्न मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन् ।

नेपाल नगरपालिका संघ लुम्बिनीले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले बजेट आफ्नो सिस्टम अनुसार जाने भन्दै मन्त्रालय जाँदैमा बजेट नपाइने बताए ।

स्थानीय तह आफै सरकार भएकाले एउटा सरकार बजेट माग्न अर्को सरकारसँग हात फैलाउन नपर्ने मुख्यमन्त्री महराले बताए । आफू विकास नभएको ठाउँमा विकास गर्न प्रतिबद्ध भएको उनको भनाइ छ ।

मन्त्रालयमा आएर बजेट लग्ने र सर्वसाधारण लाई मैले ल्याएको भनेर भ्रम फैलाउने परम्परा हाबी भएको भन्दै उनले त्यसको अन्त्य गर्ने अभियानमा आफू लागेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस