डा. दीपेन्द्र श्रेष्ठ बागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

डा. दीपेन्द्र श्रेष्ठ बागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । बागमती प्रदेश योजना आयोगको सदस्यमा डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठ नेपाल बुद्धिजीवी परिषद् सचिव तथा एमाले परराष्ट्र मामिला विभाग सदस्य समेत हुन् ।

मेडिकल माईक्रोबायोलोजीमा पिएचडी, मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल स्वास्थ्य शिक्षा विज्ञका रूपमा कार्यरत श्रेष्ठ त्रिभुवन विविअन्तर्गत नेशनल कलेजमा स्नातकोत्तरलाई सोही विषय विगत १५ वर्षदेखि अध्यापन गराउँदै आएका छन् । उनलाई बागमती मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

श्रेष्ठका अनुसन्धान लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । श्रेष्ठसँग २०१२ मा अमेरिकाका प्रतिष्ठित शासकीय स्वरूप अध्ययन फेलोसिप पाई अध्ययन गरेको र २०१३ मा चिनियाँ विदेश मन्त्रालयको परराष्ट्र नीति सम्बन्धी फेलोसिप पाएर १ महिना अध्ययन गरेको अनुभव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस