सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गर्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गर्दै


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

प्रतिनिधि सभाको चौथो अधिवेशन शुक्रबार दिउँसो २ बजेबाट सुरु हुँदैछ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । संसदमा हुन सक्ने सम्भावित अवरोधलाई ख्याल गरेर सभामुखले राजनीतिक दलका नेता र सचेतकहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस