प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, मेयर सुरेश साह सेनार र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरू कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।

यस्तै अधिकृत छैटौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी लाई प्रतिवादी बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस