सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौँको भद्रकालीमा प्रदर्शन गरेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दीपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग गत चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सहमति भएको थियो । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस