एमाले सरकारमा आएलगत्तै विकासका कामले गति लिन थालेको ओलीको दाबी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले सरकारमा आएलगत्तै विकासका कामले गति लिन थालेको ओलीको दाबी


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम क्षमता भएका व्यक्ति र समूहलाई अस्वाभाविक अवसर दिएर सरकारमा ल्याउनु पर्ने बाध्यताले समस्या सिर्जना भएको बताएका छन् ।

एमालेको १० औँ जिल्ला अधिवेशन बुधबार चन्द्रौटामा उद्घाटन गर्दै ओलीले यसले लोकतन्त्रको गरिमा घटाएर अस्थिरता कायम गर्न मद्दत पुर्‍याउने बताए । एमालेले सरकारमा दुई तिहाइ नजिक पुर्‍याएर मुलुक विकास गर्न खोज्दा षड्यन्त्र गरेर पार्टी फुटाउँदा विकासको काम रोकिएको उनले बताए । उनले एमाले सरकारमा आएलगत्तै विकासका कामले गति लिन थालेको समेत दाबी गरे ।

गाउँमा बाटो बन्न थाल्यो, अस्पताल बन्न थाल्यो र विद्यालय बन्न थाल्यो भने एमाले सरकारमा आएको भन्ने जनता बुझ्न थालेको उनले बताए । उनले गुटबन्दी नगरी अधिवेशनबाट नेतृत्व चयन गर्न निर्देशन दिए । राष्ट्रिय राजनीतिभन्दा बढी स्थानीय विषयमा बोलेका ओली करिब ५ घण्टा कपिलवस्तुमा बसेर फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस