शपथ लिए लगत्तै इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शपथ लिए लगत्तै इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा 


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधि सभा सदस्यको शपथ लिए लगत्तै उनी अर्थ मन्त्रालय पुगेका हुन् ।

इलाममा चुनाव जितेर काठमाडौँ फर्किए लगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित सिंहदरवार दौडधुपमा छन् ।

गएको २ दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनको माग गरेका थिए । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकता राख्दै अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको उनले बताए ।

अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन् । निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने उनको योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस