सुहाङले लिए प्रतिनिधि सभा सदस्यको शपथ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुहाङले लिए प्रतिनिधि सभा सदस्यको शपथ


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । 

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए । 

यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस