पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु


२६ बैशाख २०८१, बुधबार


नवलपरासी(बर्दघाट । सुस्तापश्चिम)पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको  प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । 

 गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस