पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । 

बुधवार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल अन्तरले पराजित गरेपछि समग्रमा २-० को जितका साथ फाइनलमा स्थान बनाएको हो । 

पहिलो लेगमा पनि डर्टमुण्ड १–० कै अन्तरले विजयी भएको थियो । पीएसजीको घरेलु मैदानमा डर्टमुण्डलाई जिताउनका लागि म्याट्स हुमेल्सले गोल गरेका थिए । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले ५० औं मिनेटमा जुलियन ब्रान्डट्को कर्नर प्रहारलाई हेडर गोलमा परिणत गर्दै अग्रता दिलाए । ६५ औं मिनेटमा उसमान डेम्बेललाई फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । तर, भारले चेक गर्दा गलत भएपछि बराबरी गर्ने अवसर गुमाएको थियो ।

५० औं मिनेटमा लिएको अग्रता अन्तिमसम्म जोगाउँदै डर्टमुन्डले फाइनलमा स्थान बनाउँदा स्टार खेलाडीले भरिएको पीएसजीको यात्रा भने टुंगियो ।  

डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको दोस्रो लेग आज हुँदै छ । पहिलो लेग भने २–२ गोलको बराबरीमा टुंगिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस