कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्छौँ : अध्यक्ष साउँद « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्छौँ : अध्यक्ष साउँद


२५ बैशाख २०८१, मंगलबार


डोटी । डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका छन् ।

गाउँपालिकाले मङ्गलवार आयोजना गरेको कृषि तथा पशु सेवा शाखा र गैर सरकारी सङ्घ संस्थाका कर्मचारी र जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रममा उनले पालिकाले कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखी किसानहरूलाई आत्म निर्भर बनाउन पहल गरिने बताएका हुन् ।

उनले भने, ‘हाम्रो गाउँपालिका कृषि पर्यटन, पशुपक्षी, बन वातावरणको हिसाबले प्रमुख सम्भावित क्षेत्र हो, यसको विकास, प्रवर्द्धन र प्रचार प्रचार गर्न आवश्यक रहेकोले यता तिर सबैको ध्यान जान आवश्यक छ ।’

कर्मचारीहरूलाई लक्षित गर्दै अध्यक्ष साउँदले कृषि र पशु प्राविधिक कर्मचारीहरूले आफू शिक्षक हु भनी सम्झिएर किसानहरूलाई कृषिको क्षेत्रमा बढी भन्दा बढी पढाउन आवश्यक रहेको समेत बताए ।

पालिकाले सञ्चालन गर्ने अनुदानमुखी कार्यक्रमहरूलाई वास्तविक किसानहरूलाई छनोट गरी प्रदान गरिने समेत अध्यक्ष साउँदे बताए ।

कृषि क्षेत्रको प्रवर्द्धन गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले वडा तहमा सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन कर्मचारीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने भएकोले कर्मचारीहरू कर्तव्य निष्ठ रूपमा काम गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा बडीकेदार गाउँपालिका कृषि तथा पशु सेवा शाखा अन्तरगतका कर्मचारी, गैर सरकारी सङ्घ संस्थाका, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बडीकेदार गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु सेवा प्राविधिक तिलम साउँदले गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस