उपकुलपति प्रा.डा. बरालद्वारा त्रिवि सुधारका लागि ५ वटा समिति गठन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपकुलपति प्रा.डा. बरालद्वारा त्रिवि सुधारका लागि ५ वटा समिति गठन


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएका छन् । ती समितिहरूले आफ्नो काम गरिरहेका छन् ।

त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन त्रिविलाई बुझाइसकेको छ ।

त्यस्तै प्रा. डा. नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै प्रा. डा. भिमसेन देवकोटाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । उक्त समितिले त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबिच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सुझाव दिने बताइएको छ ।

त्यस्तै प्रा. डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा पदाधिकारी नियुक्त गर्दा अपनाउनुपर्ने आधार र मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले त्रिविमा देखिएका विविध समस्या समाधान गर्न समितिहरू गठन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस