काँग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन : एमाले « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन : एमाले


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी काँग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताए ।

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस