संसद्‍मा बोल्न अनुमति माग्दै सभामुखलाई रवि लामिछानेको पत्र « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

संसद्‍मा बोल्न अनुमति माग्दै सभामुखलाई रवि लामिछानेको पत्र


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।

सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस