युद्धबारे जानकारी दिन युक्रेनकी एआई परराष्ट्र प्रवक्ता नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

युद्धबारे जानकारी दिन युक्रेनकी एआई परराष्ट्र प्रवक्ता नियुक्त


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । रुससँग जारी युद्ध लगायत विविध विषयमा सञ्चार माध्यम र अन्यलाई छिनछिनको अपडेट दिने गरी युक्रेनको परराष्ट्र मन्त्रालयले हालै मात्र भर्चुअल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवक्ता नियुक्त गरेको छ ।

कन्सुलर प्रतिनिधिका रूपमा भिक्टोरिया शी नामक एआई युवतीले मन्त्रालयका सम्पूर्ण वक्तव्यहरू पढ्ने र कन्सुलर सेवासम्बन्धी जानकारी दिने उल्लेख गरिएको छ ।

द गार्डियनसँगको कुराकानीमा युक्रेनी परराष्ट्र मन्त्री डिमित्रो कुलेबाले समय र स्रोत बचत गर्न एआई प्रवक्ता राखिएको बताएका छन् । उनका अनुसार भिक्टोरियाले परराष्ट्रका अधिकारीहरूले लेखेका, तथ्य जाँच र आधिकारिता पुष्टि गरिएका सामग्री पढ्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस