सदस्य सचिव पर्शुराम बस्नेतलाई सोधियो २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सदस्य सचिव पर्शुराम बस्नेतलाई सोधियो २४ घण्टे स्पष्टीकरण


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

बस्नेतलाई मुख्यमन्त्री कार्कीले यही वैशाख २३ गते स्पष्टीकरण सोधेका हुन् ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको पाइएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोधेका हुन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ घर भएका बस्नेत २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (२)बाट नेकपा एमालेको उम्मेदवार समेत थिए ।

‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), ऐ ऐनको दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को दफा २७ प्रतिकुल तपाईँको पदले निरन्तरता पाउने हो होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट पार्नुहुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार हुन समेत जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस