नेपालको जनसङ्ख्या वृद्धिदर ८० वर्षयताकै कम « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालको जनसङ्ख्या वृद्धिदर ८० वर्षयताकै कम


२३ बैशाख २०८१, आइतबार


राष्ट्रिय तथ्याङ्क कार्यालय

काठमाडौँ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, जनसङ्ख्या शाखाले जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सहितको विवरण सार्वजनिक गरेको हो । शाखाका अनुसार नेपालमा २ करोड ९१-९२ लाखको हाराहारीमा जनसङ्ख्या छ ।

शाखाका अनुसार जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पति तल रहेको छ । जुन नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम भएको बताइएको छ ।

२०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसङ्ख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए । ०.९२ को दरले वार्षिक रूपमा जनसङ्ख्या वृद्धिदर भइरहेको छ । जनसङ्ख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशतभन्दा तल छ । करिब ८० वर्षको इतिहासमा एक भन्दा तल वार्षिक जनसङ्ख्या वृद्धिदर यो पहिलो पटक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस