काठमाडौँ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
नेकपा एमालेले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेको भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।
प्रदेश सभा सचिवालयले शनिबार साँझ साढे ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार साँझ ५ बजे बैठक बोलाएका थिए ।
बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए पनि एमाले अनुपस्थित भएपछि स्थगित भएको थियो ।
एमालेले समय बाँकी भए पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेको बताउँदै आएको छ ।