२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुनाव अधि पानीमा भिजेको बिरालो जस्ता ‘प्रचण्ड’ चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताए ।
‘चुनावपछि खोलो तर्‍यो लौरो बिर्सियो भने जस्तो भयो । ‘प्रचण्ड’ जी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो । ’

उनले दाहालले खोलो त¥यो लौरो बिर्सियो भनेझै आफूलाई व्यवहार गरेको स्मरण गर्दै थपे, ‘अब फेरी माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रूपान्तरण गछौं मिलेर जाऔँ भन्नुभयो । तर ‘प्रचण्ड’ जी माथि मेरो विश्वास थिएन । उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ । तपाई कुर्सिमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो ।’

भट्टराईले माओवादीसँग नयाँ ढङ्गबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरेका छन् । ‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको धु्र्विकरण छ हामी त्यसमा आउँछौँ भनेको हो । त्यहाँ पार्टी एकीकरण गर्ने कहीँ भनेको थिएन,’ भट्टराईले भने ।

उनले देशका पुराना पार्टीहरू भ्रष्टाचारमा डुबेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जतिगरे पनि नसच्चिने आरोप लगाए । उनले भने,‘पुराना शक्तिहरूलाई जतिसुकै हामीले दया माया गरेपनि यी सचिच्नेवाला छैनन् । त्यो भ्रममा नपरौँ । अब झन् हुँदैन् । यी शक्तिहरुका हड्डीसम्म मक्कीसकेको छ । यी भ्रष्टाचारका काण्डहरु हिम नदीको एउटा टुप्पो मात्र हो । भरियाहरु समातिएका छन् । तर नाइकेहरू समातिएका छैनन् । आलोपालो सत्तामा जान्छन् । जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन् । अनि रोक्छु भनेजस्तो गरेर अरु प्रति औँला देखाउँछन् ।’

पुराना दलले विकास गर्नै नसक्ने टिप्पणी गरेका उनले देशको विकासको लागि नयाँ राजनीतिक दलको आवश्यकता रहेको चर्चा गरे ।