‘विप्लव’ले भने-संविधान संशोधन गरेर नेपाली समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्छ « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘विप्लव’ले भने-संविधान संशोधन गरेर नेपाली समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्छ


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकलाई सम्बोधन गर्दै चुनाव पनि संघर्षको एउटा मोर्चा भएको बताए।

उनले भने, ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रूपमा लिएर अघि बढ्नुपर्छ । ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा बुझेर यसलाई समाजवादको लडाइँको मोर्चाका रूपमा अगाडि बढाउनुपर्छ ।’

संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्ने उनको भनाइ छ । चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सबै ढोका खोलेर लड्ने पार्टीको रणनीति भएको बताए ।

माओवादी धारलाई रूपान्तरण गर्दै एकतामा ल्याउन नेकपाले निर्णायक भूमिका खेल्नुपर्ने समेत बताए । हालै भएको नेकपाको केन्द्रीय समितिको बैठकपछि केन्द्रीय प्रतिनिधि समितिको बैठक बसेको हो । बैठकमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव र ६ महिने पार्टीको आगामी योजनाबारे छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस